दफा २४
आम्दानीको हिसाब पेश गर्नु पर्ने
(१) बीमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र समितिले तोकेको ढांचामा नेपाल ………… भित्र विमा व्यवसायबाट भएको आम्दानीको हिसाब छुटृा छुटृ रुपमा तयार गरी समितिमा पेश गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको म्याद भित्र कुनै बीमकले आम्दानीको हिसाब पेश गर्न नसकेको मनासिब कारण देखाई म्याद थपको लागि निवेदन दिएमा समितिले एक महीनासम्मको म्याद थप गरिदिन सक्नेछ ।